भूमिहीनको चित्त बुझ्ने गरी सुकुम्बासी समस्या समाधान गर्छु: नेता सिंह
काठमाडाैं | कात्तिक २७, २०७९
काठमाडौं: नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं १ मा कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको छ ।
समस्या समाधानका लागि भूमिआयोग बनेको र त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उहाँले बताउनुभयो । नेता सिंहले भन्नुभयो “भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचनका कारण अहिलेलाई रोकिएको छ ।” थापाथलीस्थित वाग्मती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा उहाँले प्रतिवेदन आइसकेपछि त्यसको अध्ययन गरेर स्थायी समाधान निकाल्ने प्रतिबद्धता जनाउनुभयो ।
समस्या समाधान गर्दा जबरर्जस्ती नभइ भूमिहीनको पनि चित्त बुझाएर गर्ने उहाँको प्रतिबद्धता छ । मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उहाँले सरल र छिटोछरितो बनाउन पहल गर्ने उल्लेख गर्नुुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

